August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी हालिने

काठमाडौं– निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउने आयोजनाले बताएको छ।

यसअघि गरिएको परीक्षणमा मुख्य पाइपसँग जडान गरिएका दुईवटा ढक्कनबाट पानी रसाएपछि मर्मतका लागि पानी रोकिएको थियो।

त्यसलाई मर्मत गरी प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाले जनाएको छ। परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गर्दा २८ दिन लागेको आयोजनाले जनाएको छ।

Advertisement

आयोजना चाँडो सक्न तीव्र दबाब भएका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरूको निष्कर्ष रहेको छ।