September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब, गरिबी निवारण कोष खारेज गरिने

काठमाडौं – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्टयाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १२ अर्ब बजेट विनियोजन गरेको बताए ।

यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउन  ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिए बताए ।

गरिबी निवारण कोष खारेज गरिने

Advertisement

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री पौडेलले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रम ल्याउने जानकारी दिए ।