September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

काठमाडौं तीनकुनेमा सुरुङ मार्ग बन्ने, १ अर्ब ८० करोड बजेट विनियोजन

काठमाडौं–  काठमाडौंको सवैभन्दा धेरै जाम हुने कोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाइने भएको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सवारीको चाप व्यवस्थापनका लागि सुरुङ मार्ग बनाइने बताए।

तीनकुने–कोटेश्वर–जडिबुटीसम्म सुरुङ मार्गका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

Advertisement