August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं- साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको पुँजीबजार दोहोरो अंकले घटेको छ। सोमबार ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पुन: ११.६८ अंकले घटेको हो।

आज नेप्से परिसूचक २७८२.८६ विन्दुबाट घटेर २७७१.१५ मा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३.४३ अंकले घटेर ४९७.१२ विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कारोबार पनि साढे आठ अर्बमा खुम्चिएको छ। आज कूल आठ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १७ अर्बको कीर्तिमानी कारोबार भएको थियो।

Advertisement

आज कूल २१६ वटा कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक खरिद-बिक्री भएका थिए।

आज कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन्। दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ५.०२ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ५७ करोड आठ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक लुम्बिनी विकास बैंकका सात लाख १४ हजार ५८७ कित्ता सेयर किनबेच भएका थिए। नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा बढी तीन हजार ४०२ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

आज विकास बैंक, फाइनान्स, म्युचुअल फण्ड र अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेका छन्।