काठमाडौं– अपि पावर कम्पनीको हकप्रद सेयर आज (बिहीवार)देखि विक्री खुला भएको छ ।
कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। हकप्रद शेयर प्रयोजनको लागि कम्पनीले गत वैशाख २९ गते बुक क्लोज गरिसकेको छ।
उक्त हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीको सेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।
अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ।
मेरो सेयरबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।