August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

निषेधाज्ञामै २ पटक बढ्यो इन्धनको मूल्य

काठमाडौं– गत वर्ष २०७७ को वैशाख/जेठमा कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले देशव्यापी लकडाउन गरेको थियो। लकडाउनसँगै अत्यावश्यक सवारी साधानमात्रै सञ्चालन भएका थिए। पेट्रोलियम पदार्थको माग घटेको थियो। तर, नेपाल आयाल निगमले  भारतबाट घटेर इन्धन आउँदा पनि मूल्य घटाएको थियो। 

उल्टो निगमले विक्री कम भएको भन्दै बढी नाफा लिएर पेट्रोलियम पर्दाथ बिक्री वितरण गरिरहेको थियो। निगमले गत वर्षका लकडाउनमा पेट्रोल, डिजल तथा मट्टीतेल र हवाई इन्धनमा नेपाल सरकारले दिएको नाफा राख्ने पाउने भन्दै बढी रकम असुली गरिहेको थियो।

उक्त सयममा निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर २० देखि २७ रुपैयाँसम्म नाफा असुली गरेको थियो। 

Advertisement

तत्कालीन समयमा इन्धनमा किन बढी मूल्य लिएको भन्दै निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेललाई सोध्दा अहिले व्यापार कम भएको कारण मूल्य समायोजन नगरेको तर्क  गरेका थिए।

तर, अहिले निगमले देशभर निषेधाज्ञा जारी भएको अवस्थामा पनि भारतबाट इन्धनको मूल्य बढेर आएको र घाटा थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै निषेधाज्ञाको समयमै २ पटक इन्धनको मूल्य बढाइसकेको छ।

विश्व बजार कच्चा तेलको मूल्य बढिरहेको र भारतबाट पनि मूल्य बढेर आइरहेका कारण अझै मूल्य बढने अवस्था आउने निगम प्रमुख पौडेलले बताए। अहिले मूल्य बढाउँदा पनि निगम घाटामा रहेको उनको तर्क छ।

निगमले निषेधाज्ञामा २ पटक मूल्य बढाउँदा पनि अधिकांश पेट्रोेलियम पर्दाथको मूल्यमा घाटा सहनु परेको उनले बताए। ‘निगमले उपभोक्तालाई थोरैमात्र भार पर्ने गरी मूल्य बढाएको छ,’ उनले भने, ‘बढी भार निगमले नै भोगेका छ। मूल्य बढाउँदा पनि निगमले अबको यो १५ दिन ५९ करोड २८ लाख घाटा सहनेछ।’

विश्व बजार कच्चा तेलको मूल्य बढिरहेको र भारतबाट पनि मूल्य बढेर आइरहेका कारण अझै मूल्य बढने अवस्था आउने निगम प्रमुख पौडेलले बताए। अहिले मूल्य बढाउँदा पनि निगम घाटामा रहेको उनको तर्क छ।

निगमले निषेधाज्ञामा २ पटक मूल्य बढाउँदा पनि अधिकांश पेट्रोेलियम पर्दाथको मूल्यमा घाटा सहनु परेको उनले बताए। ‘निगमले उपभोक्तालाई थोरैमात्र भार पर्ने गरी मूल्य बढाएको छ,’ उनले भने, ‘बढी भार निगमले नै भोगेका छ। मूल्य बढाउँदा पनि निगमले अबको यो १५ दिन ५९ करोड २८ लाख घाटा सहनेछ।’

अहिले निगमले सन्चित कोषबाट घाटा रकम मिलाइरहेको उनको तर्क छ।निगमलाई अहिले उपत्यामा पेट्रोल प्रतिलिटर  ५ रुपैयाँ ३२ पैसा घाटा खाँदै १ सय २५ रुपैयाँ र डिजलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा खाँदै १ सय ८ रुपैयाँममा बिक्री गरिरहो उनको तर्क छ। मट्टीतेलमा  भने निगमलाई घाटा छैन। खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २ सय ५८ रुपैयाँ ४६ पैसा घाटा रहेका  निगमको भनाइ छ।

निषेधाज्ञाका कारण अहिले पनि व्यापार कम भएको बेला किन मूल्य बढाएको त भन्ने प्रश्नमा निगम कार्यकारी प्रमुख पौडेलले घाटा भएको रकम व्यवस्थापन गर्न नसक्ने अवस्था पुगेपछि मूल्य बढाएकाे बताए।

निषेधाज्ञामा २ पटक मूल्य बृद्धि
आयाल निगमले कारोना रोगथाम तथा नियन्त्रण लागि भन्खै निषेधाज्ञा जारी भएको ३८ दिनकै बीचमा २ पटक इन्धनको मूल्य बढाइसकेको छ।

निषेधाज्ञा जारी हुन भन्दा अगाडि पेट्रोल प्रतिलिटर १ सय २१ रुपैयाँ थियो। अहिले यो बढेर १ सय २५ रुपैयाँ भइसकेको छ। यसैगरी निषेधाज्ञा अगाडि प्रतिलिटर १ सय ४ रुपैयाँ  रहेको डिजलको मूल्य अहिले बढेर १ सय ८ रुपैयाँ भइसकेको छ।

यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य पनि  निषेधाज्ञामै समयमा प्रतिलिटर ४ रुपैयाँले बढेर ८० रुपैयाँ भइसकेको छ। यो मूल्य अझै बढने निगमको  भनाइ छ।

निगमले निषेधाज्ञाको समयमा पहिले पटक  जेठ २ गते र दोस्रो पटक जेठ २२ गते मूल्य बढाएको हो। पछिल्लो पटक मूल्य बढेपछि पनि निगमलाई १५ दिनमा ५९ करोड २८लाख घाटा हुने र त्यसमा खाना पकाउने ग्यासको भार मात्रै ३८ करोड १८ लाख रुपैयाँ रहेका निगमको दाबी छ।

यस अघि जेठ २ मा मूल्य बढाउँदा पनि निगमले उक्त दिनपछिको १५ दिनमा १ अर्ब १० करोड घाटा  खाएको निगमको दाबी छ।