August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

२२ ठाउँकाे घर जग्गा लिलामी गर्दै प्रभु बैंक

काठमाडौं – प्रभु बैंकले देशभरका २२ स्थानमा आफ्नो स्वामित्वमा रहेकाे घर जग्गा लिलामी गर्ने भएको छ।  

बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैर बैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो।  बैंकले झापाको भद्रपुरदेखि, सुनसरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गा सिलबन्दी बोलपत्र मार्फत् लिलामी गर्न लागेको जनाएकाे छ। 

सो लिलामीमा सहभागी हुन चाहने व्यक्तिले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ।

Advertisement