August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

प्रदेश १ को नीति तथा कार्यक्रम आज पेश हुँदै

विराटनगर : प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बिहीबार) प्रदेशसभामा पेश हुने भएको छ।

आज ३ बजे बस्ने प्रदेश सभाको  बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरिएको छ। नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ।

Advertisement