August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

पोखरीमा डुवेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारको सहयोग

जनकपुर– धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहतस्वरूप  एक÷एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो।

प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले मृत्यु भएका बालिकाका परिवारलाई राहत घोषणा गरेका हुन्। प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन्।

Advertisement

मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ। गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ।