August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

जीवन विकास लघुवित्तको आईपीओ असार ११ गतेबाट

काठमाडौं– जीवन विकास लघुवित्तलले प्राथमिक साधारण सेयर (आईपओ) निष्कासनको तयारी गरेको छ। कम्पनीको आईपीओ असार ११ गतेबाट सार्वजनिक निष्कासन हुने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले बताएको छ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

कुल आईपीओको कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र  ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणले पाउनेछन्।

Advertisement

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 
कमम्पनीको  आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ।