August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

साना बचतकर्तालाई लक्षित गरेर एनएमबि बैंकको बढायो ब्याजदर

काठमाडौं- एनएमबि बैंकले साना निक्षेपकर्तालाई लक्षित गरी बचतमा ब्याजदर बढाएको छ। बैंकले बचत खातामा बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ।

यो वाणिज्य बैंकहरूले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ।

‘हाल मुख्यतया बैंकहरूले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरूलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम् ब्याजको योजना अघि सारेको हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।