August 30, 2026, Sunday
२०८३ भाद्र १५
1:37:26 pm

७७ जिल्लाको निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणका लागि २ अर्ब

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमार्फत् ७७ जिल्लाको निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य लिएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडक निर्माणका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको छ। बजेट विनियोजन भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त कार्यक्रमलाई बजेट कार्यन्वयनको कार्यक्रममा राखेको छ।

यो कार्यक्रमलाई निर्वाचनलक्षित कार्यक्रमको रुपमा हेरिएको छ। यसअघि यस्ता सडक निर्माणका लागि सांसद विकास कोषमार्फत् रकम जाने गरेको थियो।

Advertisement

तर, अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रम खारेज गर्दै सोही प्रवृतिको कार्यक्रमलाई रकम विनियोजन  गरेका छन्।