August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

आगामी निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

काठमाडौं- अर्थ मन्त्रालयले सरकारले घोषणा गरेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई सात अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने मन्त्रालयले जानकारी दिएको छ।

२०७८ साल कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताइएको छ।

Advertisement