August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

शेयर बजार ओरालो लाग्यो

काठमाडौँ – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ ।

आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले  घटेको छ ।

Advertisement

आज दुई सय २४ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल इन्सोरेन्सको २१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज माछापुच्छ्रे र एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि गुडविल फाइनान्स डिबेन्चरको शेयर १० प्रतिशत र ओरियन्टल होटलको शेयर साढे ८ प्रतिशतले बढेको छ ।