काठमाडाैं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा सामान्य गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२४ अंकले घटेर २८१८.११ विन्दुमा कायम भएको हो।
नेप्सेमा कूल चार अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। कूल २२० वटा कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.३१ प्रतिशतका दरले कमाएका छन्। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.५३ प्रतिशतका दरले गुमाएका छन्।
आज हिमालयन डिस्टिलरी लिमिटेडका सेयर सबैभन्दा धेरै ३५ करोड ८९ लाख दुई हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै नाै लाख २० हजार ९५० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १५७ पटक किनबेच भएका थिए।
आज बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बिमाबाहेक सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।