August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

एसबीआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग

काठमाडौं- नेपाल एसबीआई बैंकले वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ। २८औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुलाई ७ का दिन चिकित्सा उपकरण हस्तान्तरण गरेको हो।

वीर अस्पतालमा आयोजित समारोहमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका थिए।

उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांत लगायतको उपस्थिति थियो।

Advertisement