August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

सुनको मूल्यमा गिरावट, चाँदीको कति ?

काठमाडौं – आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ ।

हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

Advertisement