August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

एक वर्षमा एक अर्ब ६५ करोडको डाइपर आयात

काठमाडौं- गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।
सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाखथान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब १० करोडथान डाइपर आयात भएको छ ।
त्यस्तै, भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजारथान डाइपर आयात भएको विभागले जनाएको छ ।

नेपालले मलेसिया, थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की, हङकङ, सिंगापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ । विशेष गरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्छन् । रासस

Advertisement