काठमाडौं – साताको पहिलो दिन(आइतबार) नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक ०.६६ अंक बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको १ लाख २६ हजार ९४२ पटकको कारोबारमा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, यूनिभर्सल पावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ ।