August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला – जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।

स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।

स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंचा भएका किसानहरुले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित  स्थानियतहबाट  सिफारिस लिनुपर्ने प्रावधान छ। जुम्ली स्याउको  पहिचान बचाउन  जुम्ली स्याउको लागो टाँसिएको कार्टन  ब्यापारीलाई  उपलब्ध गराइएको छ ।   

Advertisement

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जुम्लामा उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ। जसमध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ। सी ग्रेडको जुम्लाका स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको छ।