काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। मध्यान्हसम्म सकारात्मक रहेको नेप्से, त्यसपछिको समयमा भने ओरालो लागेको हो।
सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।
यस दिन नेप्से झिनो अंकले बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो दिन ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२६ कम्पनीको ९३ हजार २१८ पटकको कारोबारमा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता कालिका पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।