August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

लगातार उकालो लाग्दै नेप्से सूचक, सातामा २२५ अंकले बढ्यो

२०७८ कार्तिक ११

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्लाे समय नेप्से सूचक दैनिक उकालो लाग्न थालेको छ।

बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ। यस साता मात्रै नेप्से सूचक २२५.१७ विन्दुले बढेको छ।

बिहीबार कारोबार रकम भने अघिल्लाे दिनको तुलनामा केही घटेको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

Advertisement

बिहीबारको बजारमा हाइड्रोपावर, लघुवित्त र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ।

यस दिन रिद्धि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.२४ प्रतिशत र जीवन विकास लघुवित्तको ८.५७ प्रतिशतले बढेको छ।

यस दिन गुँरास लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै २.६९ प्रतिशतले घटेको छ भने अजोड इन्स्योरेन्सको २.४४ प्रतिशत, कृषि विकास बैंकको २.३६ प्रतिशत र युनियन लाइफ इन्स्योरेन्सको २ प्रतिशतले घटेको छ।

बिहीबार नेश्नल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नबिल बैंकको २२ करोड ७४ लाख, जीवन विकास लघुवित्तको १८ करोड ४२ लाख र एनआइसी एशिया बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएका छन भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। यस दिन हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेका छन्।