काठमाडाैं । निरन्तर ६ दिनको वृद्धिपछि सोमबार शेयर बजारमा करेक्सन देखिएको छ। कार्तिक ७ गते आइतबारदेखि ६ दिनसम्म २८०.५६ अंकले बढेको बजार आज सोमबार भने १७.७५ अंकले घटेको हो ।
सोमबार नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेको छ। यस दिन २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएर ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबारको तुलनामा कारोबार रकम ५ करोड रुपैयाँले कम हो। आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन कारोबारमा आएका १३ उपसमुहको सूचक ३ उपसमुहको सूचक सकारात्मक देखिएको छ। बैकिङ्ग, व्यापार र लगानी उपसमुहको सूचक सकारात्मक बन्दा हाइड्रोपावर उपसमुहको सूचक सार्वधिक २.३३ प्रतिशतले घटेको छ।
दोहोरो अंकको करेन्सन देखिएपनि यस ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषि लघुवित्त, साहस उर्जा र पाँचथर पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।
कामना सेवा विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ६.७२ प्रतिशतले घटेको छ। यस्तै, हिमालयन पावर पार्टनर, ग्रीनलाइफ हाइड्रोपावर, रिडी हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य पनि ५ प्रतिशत भन्दा धेरैले घटेको छ।
कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, आरएमडिसी लघुवित्तको पनि ३६ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।