August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

तिहारपछि खुलेको सेयर बजारमा दोहोरो अंकको करेक्सन, पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

२०७८ कार्तिक २२

काठमाडौं। लक्ष्मी पूजादेखि बन्द रहेको सेयर बजार सोमबार खुल्दा दोहोरो अंकले घटेको छ। करिब २० अंकले घटेको बजारमा कारोबार रकम पनि साढे चार अर्ब रुपैयाँ भन्दा कम भएको छ। बजारमा २० अंकको करेक्सन आएसँगै नेप्से सूचक २८१९ बिन्दुमा झरेको छ।

अधिकांस उपसमूह राताम्मे हुँदा पनि साहस ऊर्जा, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर,मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ।

सपोर्ट माइक्रोफाइानान्स, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, हिमालयन ऊर्जा विकास र जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४ देखि ७ प्रतिशत सम्म घटेको छ।

Advertisement

महालक्ष्मी विकास बैंकको सर्वाधिक ५२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको ३० करोड, आइसीएफसी फाइनान्सको २२ करोड, नेशनल हाइड्रोपावरको १५ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२३० कम्पनीको ७२ लाख कित्ता सेयर चार अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएका छन्। ४२ कम्पनीको मूल्य बढ्नु बाहेक बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

फाइनान्स, म्युचुअल फण्ड र लगानी समूह बाहेक सबै उपसमूहको सूचक घटेको छ। जीवन बीमा र निर्जीवन बीमा समूहको सूचक सर्वाधिक १०० अंक भन्‍दा धेरै घटेको छ।