August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

२०७८ कार्तिक २३

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आज बजारमा ७९.७९ अंकको गिरावट आएर नेप्से परिसूचक दुई हजार सात सय ४९.८५ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकले गिरावट हुँदा पाँच सय १२.८२ को विन्दुमा ओर्लिएको छ। आज कारोबार रकम साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ५.२९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ५.२३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, व्यापार समूहमा २.०२ प्रतिशतले गिरावट आएको छ।

Advertisement

यस्तै होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा ३.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८३ प्रतिशत, अन्य समूहमा ४.१२ प्रतिशत, लघुवित्त समूहमा २.८५ प्रतिशत, जीवन बीमा समूहमा २.४ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१२ प्रतिशत र लगानी समूहमा २.६८ प्रतिशतको गिरावट आएको छ।