August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

सेयर बजार २०.६४ अंकले उकालो लाग्याे, पौने ८ अर्बभन्दा बढीको काराेबार

काठमाडाैं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार २०.६४ अंकले उकालो लागेसँगै नेप्से परिसूचक  दुई हजार ९४७.३८ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७ अंकले बढेर ५४६.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर आज पौने ८ अर्बभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

आज जलविद्युत समूह सर्वाधिक १.६१ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जीवन बीमा समूहमा ०.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत र अन्य समूहमा १.०८ प्रतिशतको बढोत्तरी भएको छ।

Advertisement

आज विकास बैंक समूह सर्वाधिक ०.४४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.३० प्रतिशतले घटेको यो दिन वित्त समूहमा ०.०३ प्रतिशत, लगानी समूहमा ०.२७ प्रतिशत र लघुवित्त समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।