July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

सेयर बजारमा पहिरो, १३ वटै समूह राताम्य

काठमाडाैं : साताकाे पहिलाे दिन सेयर बजारमा पहिरो गएको छ। बजार आज १००.६७ अंकले ओरालो लागेर नेप्से परिसूचक २७ सयकाे विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ५११.६६ को विन्दुमा झरेकाे आज कारोबार रकम करिब ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। बैंकहरूले व्याजदर बढाउँदा त्यसकाे असर सेयर बजारमा परेकाे बजारका जानकारहरूले बताएका छन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जलविद्युत समूह सर्वाधिक ५.४७ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ५.०३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.३९ प्रतिशत, व्यापार समूहमा २.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४९ प्रतिशत, विकास बैंक समूहमा ४.२३ प्रतिशतले गिरावट आएकाे छ।

Advertisement

यस्तै वित्त समूहमा ४.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.६१ प्रतिशत, अन्य समूहमा ३.१७ प्रतिशत, लघुवित्त समूहमा ३.४९ प्रतिशत, जीवन बीमा समूहमा ३.९१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशतको गिरावट आएको छ।