August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

सेयर बजारमा झिनाे अंकले सुधार, काराेबार साढे तीन कराेडमा खुम्चियाे

काठमाडाैं : आइतबार एक सय अंकले घटेकाे सेयर बजारमा सोमबार भने झिनो सुधार आएकाे छ।

बजार आज ०.०८ अंकले उकालो लागेर नेप्से परिसूचक २७ सय दशमलव ९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स आज०.३६ अंकले घटेर ५११.३० को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये सात वटामा हरियाली छाएको छ भने तीन वटामा रातो पोतिएको छ। एउटा समूह भने स्थिर रहेकाे छ। आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६१ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक तथा जीवन बीमा समूह समान ०.३५ प्रतिशतले बढेको छ।

Advertisement

यस्तै वित्त समूहमा ०.२१ प्रतिशत, जलविद्युत समूहमा ०.१७ प्रतिशत र लघुवित्त समूहमा ०.२६ प्रतिशतले वृद्धि भएकाे छ। आज व्यापार समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ।

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। आज लगानी समूह स्थिर रहेको छ।