September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

६५ करोड राजस्व छलेको अभियोगमा १० जना विरुद्ध मुद्दा

काठमाडौं- राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा १० जना विरुद्ध ६५ करोड २८ लाख रूपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले आरकेएम ट्रेडिङ फर्म लगायत १३ वटा फर्म मजदूरको नाममा दर्ता गरी आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म मूल्य अभिवृद्धि करका नक्कली बिजकको आधारमा कारोबार गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो।

विभागले मूल्य अभिवृद्धि करतर्फ २२ करोड ४९ लाख, आयकरतर्फ ३७ करोड ५८ लाख रूपैयाँ र लाभांशतर्फ ५ करोड २० लाख रूपैयाँ चुहावट गरिएको विभागले जनाएको छ। 

Advertisement