September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

महिला सिइओ अनुपमाको वार्षिक तलब सुविधा एक करोड ७० लाख रुपैयाँ

काठमाडौं–वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ अनुपमा खुञ्जेलीले वार्षिक एक करोड ७० लाख रुपैयाँ तलब सुविधा बुझेकी छिन्। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत उनले तलब मात्रै एक करोड २ लाख रुपैयाँ लिएकी छिन्।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार खुञ्जेलीले दसैंभत्ता ८ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन्। त्यस्तै बोनस तथा कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार रुपैयाँ बुझेकी छिन्।

यसबाहेक उनले गाडी सुविधा, चालक, मोबाइल खर्च, बिमा र ऐनबमोजिम बोनससमेत प्राप्त गर्छिन्। त्यस्तै प्रवन्धक तथा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले गत आर्थिक वर्षमा ५ करोड १२ लाख रुपैयाँ तलब बुझेका छन्। उनीहरुले थप तीन करोड ३१ लाख रुपैयाँ भत्ता प्राप्त गरेका छन्। 

Advertisement