August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

मण्डलामा बुद्ध र भिखारी नाटक

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ ।

चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’लाई चेतन आङथुपोले नाट्य रूपान्तरण तथा अनुवादन र परिकल्पनासँगै निर्देशन अनिल सुब्बाले गरेका हुन् ।

आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत भएको छ ।

Advertisement

नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिएको नाटक निर्माणपक्षले जनाएको छ ।

यही जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार नवीनचन्द्र अर्याल, वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गर्नुभएको छ ।