कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा श्रम संस्कृति पार्टीले गाउँपालिका स्तरीय भेला तथा सङ्गठन बिस्तार कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सचीव तथा गायक ब्रबिम शेर्माको प्रमुख आथित्यता र साइमन लावतीको अध्यक्षता ३३ सदस्यीय श्रमदाता समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा नरेन्द्र सम्बाहाम्फे, देउकुमार लावती र आशिष देवान चयन भएका छन् भने सचीवमा पुजन परियार, सह–सचिवमा हरिबहादुर शेर्मा, कोषाध्यक्षमा दक्षिणा सम्बाहाम्फे र सह–कोषाध्य्क्ष मोतीराम सम्बाहाम्फे चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई पार्टीको विधिविधान र निर्देशन प्रति बफादार भएर काम गर्न केन्द्रीय श्रम सस्कृति पार्टीका सचिब तथा गायक ब्रबिन शेर्माले शुभकामना दिएका थिए ।
सेर्माले प्रकृति, संस्कृति र प्रविधिबिना अब मुलुकको बिकास हुन नसक्ने बताउँदै कुम्मायक कुस्सायकको पवित्र देवस्थलको काखमा रहेको यो गाउँपालिकालाई भाषणमा मात्र नभएर श्रम गरेर पालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रवीण राई, समाजसेवी मणि आङ्देम्बे, सन्तोष मेन्याङ्बो, जिल्ला प्रवक्ता देवेन्द्र थाम्सुहाङ, लावाहाङ चेम्जोङ र बिश्वराज लावतीले पनि आफ्नो धारणा राखेका थिए । राजनीतिको नाममा अनेकन हकाधिकारमा सौदाबाजि गर्नुका सट्टा ग्रामीण स्तरबाट आआफ्नो क्षेत्र र टोल विकासको नाममा अघि नबढे सम्म देशभक्त नागरिक बन्न नसकिनेमा उनीहरुले जोड दिएका थिए ।
यस्तै, बहुजाति मिलेर बसेको कुम्मायक गाउँपालिकाका आम जनताहरुले प्रकृति, संकृति र प्रविधिसँग जोडिएर आफ्नो चेतनाको बिर्को खोल्दै पुराना दलहरुको हालिमुहालि गरी देशलाई कङ्गाल बनाउने पार्टी र व्यक्तिको पछाडि नलाग्न समाजसेवी खिमसेमि शेर्माले बताए ।
समाजसेवी नेत्र सम्बाहाम्फेको अध्यक्षमा सम्पन्न कार्यक्रममा आफ्नो विचार राख्दै समाजसेवी सुर्य दिप सम्बाहाम्फेले कुम्मायक गाउँपालिका ३ साविक वडा नम्बर २ मा तामा र फलामको खानि भएपनि राज्यले आत्मनिर्भरताको चासो नदेखाएर बिकासको नाममा बिदेशि ऋण कबोल्दै जनतालाई चिन्तित तुल्याएको आरोप लगाए ।