चक्रघट्टी जेसिसले नेतृत्व र व्यक्तित्व क्षमता विकासको अभियानको तालिम सम्पन्न गरेको छ । गत शनिबार बराहक्षेत्र नगरपालिका ६ नम्बर वडा कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
नेतृत्व र व्यक्तित्व क्षमता विकासको अभियानको तालिमलाई प्रमुख प्रशिक्षक २०२२ का अध्यक्ष एवम नेपाल जेसिस वर्ष २०२६ का बोर्ड सल्लाहकार जेसी सन्तोष चौलागाईंले सहजीकरण गरेका थिए भने चक्रघट्टी जेसीजका कानुनी सल्लाहकार जेसी अस्वन यादवले स्वागत मन्तव्य राखेका थिए ।
चक्रघट्टी जेसिसका संस्थापक अध्यक्ष जेसी निश्चल बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जेसी कमलनाथ दाहाल (चक्रघट्टी जेसीज वर्ष २०१६ का अध्यक्ष), जेसी महेश घिमिरे (चक्रघट्टी जेसीज वर्ष २०२५ का अध्यक्ष), जुनियर जेसी डिक ब. चुवान (बराहक्षेत्र जुनियर जेसीज वष २०२६ का अध्यक्ष),सहभागीहरु चक्रघट्टी जेसीज र बराहक्षेत्र जुनियर जेसीजका सक्रिय सदस्यहरु जम्मा १८ जनाको सहभागी रहेको थियो । सो तालिममा सहभागी सबैलाई नेपाल जेसीजको अगुवाइमा सर्टिफिकेट प्रदान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य चक्रघट्टी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी महेश घिमिरेले राखेका थिए । यसै गरि जेसीज आस्थापाठ शाखा सम्पादक बिनोद कुमार महतो र जेसीज मिसन र भिजन कार्यकारिणी उपाध्यक्ष जेसी कलामुद्दिन अन्सारीले वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै चक्रघट्टी जेसिसका संस्थापक अध्यक्ष निश्चल बस्नेतले निरन्तर काम गर्नेहरुले मात्र सफलता प्राप्त गर्ने बताए ।
चक्रघट्टी जेसिसका महासचिव शिशिर तामाङले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा स्वागत मन्तव्य चक्रघट्टी जेसीजका कानुनी सल्लाहकार जेसी अस्वन यादवले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष चक्रघट्टी जेसिस २०२६ का अध्यक्ष शरणकुमार लिम्बु रहेका थिए ।
‘मानिसले कमाउने इष्टमित्र मात्रै हो जुन जेसीजले दिन्छ’ भन्दै सभाध्यक्षले कार्यक्रम समापन गरेका थिए ।