November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

चक्रघट्टी जेसीजको जेसिस सप्ताह सुरु, पहिलो कार्यक्रममा शैक्षिक सामग्री वितरण

धरान । चक्रघट्टी जेसीजले ‘जेसीज सप्ताह-२०२६’ अन्तर्गतको आफ्नो पहिलो कार्यक्रममा शिक्षण सामग्री वितरण गरेको छ।
बराहक्षेत्र ३  हर्दियाको श्री बिपि आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।

चक्रघट्टी जेसिजका अध्यक्ष शरण कुमार लिम्बूको सभाध्यक्षता र बराहक्षेत्र नपा ३ का वडाध्यक्ष राजदिप लामाको प्रमुख आतिथ्यमा वितरण कार्यक्रम राखिएको थियो।

सो कार्यक्रमबाट  उक्त विद्यालयका १६ जना विद्यार्थीहरू लाभान्वित भएको चक्रघट्टी जेसिज वर्ष २०२६ का महासचिव शिशिर तामाङले बताए।

Advertisement

कार्यक्रम सम्योजक- जेसी अमित शाह, उपाध्यक्ष, जेसी तेज बहादुर पुरी, चक्रघट्टी जेसीज वर्ष २०२३ का अध्यक्ष लगायत बोर्डका पदाधिकारीहरु,विद्यालय व्यवस्थापन,समितिका अध्यक्ष- श्री अशिलाल धामी, शिक्षक, शिक्षिकाहरु, कर्मचारी, अभिभावकहरु गरि जम्मा ३२ जना उपस्थित थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जेसी अमित शाहले शैक्षिक सामग्री केवल सामाग्री मात्र नभएर विद्यार्थीको भविष्य लेख्ने एक हतियार भएको बताए  ।

यस्तै, विव्यसका अध्यक्ष अशिलाल धामीले विद्यालयमा धेरै विद्यार्थीको चौतर्फी विकासमा लागिरहेको बताए।

सो कार्यक्रमका प्रमुख अतिथि राजदिप लामाले चक्रघट्टी जेसिजले यस्ता निस्वार्थ सेवामूलक  गरेको कामको प्रशंसा गरे। उनले  स्कुलमा शैक्षिक सामाग्रीकै निम्ति यसै पाली पनि कम्तीमा एक लाख रुपैयाँ विनियोजन गर्ने प्रतिवद्दता व्यक्त गरे।

कार्यक्रम सन्चालन महासचिव जेसी शिशिर तामाङले गरेका थिए ।

अध्यक्ष शरण कुमार लिम्बूले आफू  सरकारी विद्यालयबाट अध्ययन पूरा गरेको र सरकारी विद्यालय, +२ र क्याम्पसमा अध्यापन गर्नुका साथै विभिन्न संघ संस्थाको अध्यक्ष भएको बताउदै सपना देख्नु आर्थिक स्थितिले नरोक्ने भन्दै विद्यार्थीलाई सपना देख्न आग्रह  गरेका थिए।