November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

नेकपा एसले मन्त्री हुनेहरूको नाम अन्तिम टुंगो लगायो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङ हुने भएका छन् ।

हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लगाएको र आजै सपथ गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

भवानी खापुङ राज्यमन्त्री, विरोध खतिवडा सहरी विकास मन्त्री, रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री, प्रेम आले पर्यटन र कष्णकुमार श्रेष्ठ किसान श्रममन्त्री बन्ने भएका छन् ।

Advertisement

तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् । उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन । उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।