काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी माओवादीले गरेको छ ।
स्रोतका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकले एक व्यक्ति एक पदलगायतका विषयमा विधान संशोधन गर्नुपर्ने भएकाले भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ ।