November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

आज पनि प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध

२०७८ कार्तिक ११

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाउँदै आइरहेका नेकपा एमाललेले संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै बैठकमा अवरोध गरेका हुन् ।

आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख सापकोटाले टाँस नगरेको एमालेको भनाइ छ ।

Advertisement

सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।