November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२०७८ कार्तिक २२

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

स्रोतका अनुसार बैठकमा सरकार सञ्चालन प्रभावकारी बनाउने विषयमा छलफल हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी अदालतमा देखिएको समस्याका विषयमा पनि नेताहरुबीच छलफल हुनसक्ने बताइएको छ ।

Advertisement

बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा र जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।