November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । महाधिवेशनलाई केहीबेरमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ भने उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कोभिड–१९ महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने बताइएको उद्धघाटन कार्यक्रममा सहभागि युकेका महाधिवेशन प्रतिनिधि इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।

Advertisement

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ भने सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।