November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

काँग्रेसको नवनिर्वाचित पदाधिकारी र सदस्यलाई भोलि प्रमाणपत्र दिने

काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित पदाधिकारी र सदस्यलाई काँग्रेसले भोलि प्रमाणपत्र दिने भएको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र दिने भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाणपत्र दिने कार्यक्रम रहेको छ ।

Advertisement