काठमडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा डा.शेखर कोइराला अनुपस्थित भएका छन् । स्रोतका अनुसार कोइराला पहिलो बैठक छोडेर चितवन गएका छन् ।
वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको स्रोतबाट बुझिएको छ । काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । कोइरालालाई २०औं वरियतामा राखिएको छ ।