काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ ।
महाधिवेशनमा उपस्थित भएकाहरूलाई स्वागत गर्दै माओवादी केन्द्र स्थाइ कमिटीका सदस्य तथा उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले सुरुमा राष्ट्रिय सम्मेलन भनेर तयार गरिएता पनि महाधिवेशनकै प्रक्रियामा गएको हुँदा यसलाई आठौं महाधिवेशनको रुपमा रुपान्तरण गर्ने हिजोमात्रै निर्णय गरेको बताइन् ।
त्यस्तै, मन्त्री भुसालले यो अधिवेशनले एउटा जीवन्त संगठन निर्माण गर्ने बताइन्।बिगत र बर्तमानको समीक्षा गर्दै भविष्यमा कुन ढंगले समाजवाद निर्माण गर्ने भन्ने बिषयमा केन्द्रित भएर यो महाधिवेशन गरेको पनि उनले बताइन् ।