काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले बुझाएको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले बुझाएको विधान मस्यौदा बारे छलफल सुर भएको हो ।
छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।
माओवादी केन्द्रका अनुसार मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछ ।
माओवादी प्रतिनिधिहरुको समूह नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा छलफलमा बसेका छन् ।