November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

विप्लवलाई विचार र चिन्तन परिवर्तन गर्न माधव नेपालको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन्   ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको बताए ।

त्यस्तै, अध्यक्ष नेपालले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।

Advertisement