काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् । सोमबार मात्र चीनबाट नेपाल फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै प्रचण्डको निवास पुगेका हुन् ।
उपचारका क्रममा चिनमा रहेका पुन स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो दाबी पार्टी महासचिवमा रहेको उल्लेख गरेका थिए । खुमलटार पुगेका नेता पुनलाई अध्यक्ष प्रचण्डले निवासमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

भर्खरै सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।