काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाएका छन् ।
पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले मागिरहेको छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन दलहरुको दबाबका कारण बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने मुडमा पुगेका छन् । उनले सुरुमा संघीय संसद्को निर्वाचन गराउन चाहेको कुरा बाहिर आएको छ ।