November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सहिदकै कारण मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन सम्भव भएको हो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मुलुकमा सहिदको बलिदानकै कारण संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । आज सहिद सप्ताहको अन्तिम दिन लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताए । मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको उनको धारणा थियो ।

सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

Advertisement

प्रधान मन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्र र संघीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।’