काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुशील कोेइरालाले पार्टीमा पुर्याएका अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेका नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तत्कालीन सभापति कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरेका हुन् ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका काँग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।