November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता, सत्ता गठबन्धनको बैठक दुई घण्टा पछि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा भएको भेटवार्तामा एमसीसी लगायतका विषयमा छलफल भएको छ ।

बुधबारपनि प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा गठबन्धनको बैठकपछि मात्रै एमसीसीको बारेमा अघि बढ्ने दाहालले अडान राखेपछि आज गठबन्धनको बैठक बोलाईएको छ ।

आज पुनः बैठक बस्नु अघि भेटवार्ता भएको छ । आजको भेटवार्तापछि गठबन्धनको बैठक दुई घण्टा सारिएको छ । गठबन्धनको बैठक बेलुका ५ बजे बस्ने तय भएको छ ।

Advertisement

आजको बैठकबाट एमसीसीका विषयमा साझा धारणामाथी छलफल हुन लागेको बताइएको छ ।