November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्ने

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।

एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको उनले बताए । ‘हामी सकारात्मक रूपमा अघि बढेका छौँ । फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्नेछ,’ उनले भने ।

Advertisement